(नियम ३३ को खण्ड (छ) तथा नियम ३७ को उपनियम (२) सँग सम्बन्धित)
मुद्दा दायर
श्री प्रमुखज्यू,
जिल्ला कृषि विकास कार्यालय, ………………………… ।
बीउ बिजन ऐन २०४५, बीउ बिजन नियमावली, २०६९ अनुसार श्री ……………………
…………………… ले सञ्चालन गरेको/गरिरहनु भएको बीउ बिजन व्यवसायसँग सम्बन्धित
संरचना÷बीउ बिजनका लटहरू/कागजपत्र/अनुमतिपत्रहरू एवं अनय काम कारबाहीहरू निरीक्षण
गर्दा त्यस संघ संस्थाको/निजको देहाय बमोजिमको क्रियाकलापहरूबाट ऐनको दफा
…………………. उल्लंघन भई नियमावलीको नियम …………. विपरीत पाइएकोले ऐनको दफा
२१ को उपदफा २१.२ अनुसार जिल्ला न्यायाधिवक्ता श्री …………………………………….. को
राय लिई देहाय बमोजिमको आवश्यक सबुद प्रमाण र कागजातहरू समेत संलग्न राखी ऐनको
दफा २१ को उपदफा २१.१ अनुसार मुद्दा दायर गरेको छु । बीउ व्यवसाय सञ्चालन गर्दा वा
बीउ बिजन सम्बन्धी अन्य काम कारबाही गर्दा त्यस संघ संस्था/निजबाट कानूनको उल्लंघन
भएकाले त्यस संघ संस्था/निज श्री ……………………………………………. लाई ऐनको दफा
१९ को उपदफा …………….. अनुरुप सजायको माग गर्दछु ।
उल्लंघन भएको क्रियाकलापहरू (चिन्ह लगाउने)ः
(क) बिक्री वितरण भैरहेको बीउ बिजन राखिएको भाँडामा संकेतपत्र नभएको ।
(ख) सङ्केतपत्रमा उल्लेख भएका विवरण तोकिए बमोजिम नभएको ।
(ग) कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक सूचित नभएको बीउ बिजन बिक्री वितरण
गरेको ।
(घ) बीउ बिजन बिक्री वितरणको लागि आवश्यक अनुमतिपत्र नभएको ।
(ङ) कुनै खास क्षेत्रको लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किसिम र
जातको सूचित बीउ बिजन त्यसरी निर्धारण गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि बिक्री
वितरण गरेको वा गराएको ।
(च) बाली निरीक्षण, बीउ बिजन विश्लेषण तथा प्रयोगशाला सञ्चालन गर्ने अनुमतिपत्र नलिई
बीउ बिजन व्यवसाय सञ्चालन गरेको ।
(छ) बिक्री वितरण भैरहेको बीउ बिजन राखिएको भाँडामा संकेतपत्र तथा संकेतपत्रमा उल्लेख
भएका विवरणहरू तोकिए बमोजिम भए पनि परीक्षण पश्चात बीउ बिजनको गुणस्तर
टलरेन्स भित्र नपरेको वा तोकिए बमोजिम नभएको वा गुणस्तरको हद नपुगेको ।
(ज) ऐन र नियमावली विपरीत कुनै काम कारबाही गरेको प्रमाणित हुने अन्य कुनै पनि
किसिमको व्यहोरा ः
………………………………………………………………………………………
………………………………………………………………………………………
………………………………………………………………………………………
संलसंलग्न सबुद प्रमाण तथा कागजातहरूः
(क) संकेतपत्र नभएको वा संकेतपत्रमा उल्लेख गर्नु पर्ने विवरण तोकिए बमोजिम नभएको,
बीउ बिजन राखिएको भाँडा सहितको वा बीउ बिजन बिक्री वितरण रोक्न दिइएको
सूचनाको विपरीत बिक्री वितरण गरेको भाँडा एवं लट नं. सहितको नमूना
थान …………………… ।
(ख) बीउ बिजन सम्बन्धित कागजपत्रहरू थान ……………………………… ।
(ग) ऐनको दफा ११क. र ११ख. विपरीत अनुमतिपत्र नलिई बीउ बिजन बिक्री वितरण गरेको
वा कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक सूचित नभएको बीउ बिजन बिक्री वितरण
गरेको व्यहोरा प्रमाणित गरी त्यस्ता बीउ बिजन जफत गरेको सम्बन्धी विभिन्न
अनुसूचीहरूको प्रतिलिपि थान ………………….. ।
(घ) प्रजनकले निर्धारण गरेको किसिम र जातको सूचित बीउ बिजन त्यसरी निर्धारण गरिएको
क्षेत्र बाहेक अन्य क्षेत्रमा बिक्री वितरण गरेको वा गराएको व्यहोरा प्रमाणित हुने कुनै पनि
किसिमको बिल, भर्पाइ वा अन्य कागजातहरूको थान ……………………… ।
(ङ) सम्बन्धित क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालामा बीउ बिजन परीक्षण गर्न पठाइएको
पत्रको प्रतिलिपि थान ……………………. ।
(च) सम्बन्धित क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको बीउ बिजन गुणस्तर परीक्षणको
प्रमाणित प्रतिवेदन थान …………………. ।
(छ) ऐन र नियमावली विपरीत काम कारबाही गरेको प्रमाणित हुने कुनै पनि किसिमको
कागजातहरू थान ……………………… ।
(ज) ऐन र नियमावली विपरीत काम कारबाही गरेको प्रमाणित हुने कुनै पनि किसिमको
व्यहोरा
………………………………………………………………………………………
………………………………………………………………………………………
………………………………………………………………………………………
………………………………………………………………………………………
(झ) ………………………………………………………………………………………
नमूना सङ्कलककोः
दस्तखतः …………………………………………
नाम, थरः ………………………………………..
पदः ……………………………………, जिल्ला कृषि विकास कार्यालय, ………………….